दोङवाङा-दोङदापा
प्रवीण पुमा
१. किरात पुमा राई परिचय सारनेपालको पूर्वीपहाडी खोटाङ जिल्लाको दक्षिण भेगका चिसापानी दिब्लुङ मौवाबोटे पौवासेरा देविस्थान गा।वि।स। लगायत त्यस आसपासका गाउँहरुमा मुख्य बसोबास रहेका किरात पुमा राईहरुको आफ्नै पृथक भाषा संस्कार संस्कृति तथा अस्तित्व रहेको छ । किरात मुन्दुमअनुसार "सुम्निमा-पारुहाङको सृष्टिकालमा सुम्निमा-पारुहाङको कोखबाट बाघ भालु र मान्छेको जन्म भयो । त्यस जन्मलाई सुम्निमाले पुमा सॄष्टि भनिन् । कालान्तरमा त्यहीं पुमाहरुको साखासन्तानलाई पुमा सृष्टि भन्दाभन्दै थर नै पुमा भएको हो ।"
२०५८ सालको नेपाल सरकारको तर्फबाट गरिएको जनसंखया गणना र मातृभाषा बोल्नेको संख्या जेजति तथ्यांकमा भए तापनि पुमा राईहरुको वास्तविक जनसंख्या दस हजारभन्दा माथि रहेको छ र छ हजारभन्दा बढीले आपुनो भाषा बोल्ने गर्छन् । त्यस भाषालाई रोकुङला÷रोकोङला भनिन्छ । यस जातिका महिला सामेतलाई नाम्घुङमा र पुरुष सामेतलाई नाम्घुङपा भनिन्छ ।
यसरी पुमा खोलामा बस्ने किरात पुमा राईहरुको दुई दाजुभाइ दिब्लुङ र पालुनको गरी मुख्य १४ पाछा रहेका छन् जुन यसप्रकारका छन् : १ थुम्राहोङ २ योङडाहोङ ३ होङटाङखा ४ दुमालुङ÷दुम्माईलुङ ५ लिम्माछित ६ गाराजा ७ हादीरा ८ मिथाहोङ ९ तोङमालुङ १० मेत्लङयङ ११ वाविहोङ १२ खावोङ १३ रिरीहोङ १४ हेनयोङछा ।
२. किरात पुमा राईको संस्कृति परिचय:
पुर्खा भूमि र प्रकृतिको पुजकले परिचित किरातहरुको मुख्य विशेषता नै पुर्खा भूमि र प्रकृतिको पूजा गर्नु हो । फागु÷साकेन्वा÷साकेवा÷साकेला आदिलाई महान चाडको रुपमा मानिने यो पूजा दोङवाङा उभौली र दोङदापा उधौली गरी वर्षमा दुईपल्ट गर्ने गरिन्छ । किरात मुन्दुमअनुसार किरातहरुले सृष्टिकालदेखि नै यो चाड मान्दै आएका हुन् । दोलखाका आदिम किरात राजा बुढाहोङको पालामा साकेन्वालुङ लगायत आफ्ना राज्यका वरिपरि बाख्राको मासु खाएर भीमसेनले लटपट गर्न थालेपछि बुढाहोङले त्यस फागुलुङ÷साकेन्वालुङलाई लिएर अरुण नदीको आसपास किरात प्रदेशमा आएर बस्यो । त्यसरी साकेन्वालुङलाई बोकेर आउँदा जहाँ जहाँ साकेन्वालुङलाई विसाएको थियो त्यहीँ त्यहीँ ठाउँमा फागुलुङ÷साकेन्वालुङ गाडी प्रकृतिदेवलाई पूजा गर्ने क्रममा पुमा खोलाका किरात पुमा पुर्खाहरुले खोटाङ जिल्लाको दक्षिणी भेक चिसापानीमा फागुलुङ÷साकेन्वालुङ स्थापना गरी दोङवाङा÷दोङदापामा पूजा गर्न थाले । त्यस दोङवाङा÷दोङदापा पूजा गर्नका लागि सेतो हात्तीमा चढेर बुढाहोङ आई त्यस फागुलुङ÷साकेन्वालुङलाई थोक्दाउथ्यो । तर बुढाहोङको मृत्युपछि त्यस लुङ थोक्दाउने चोखो पानी अर्चाउने मुन्दुम ङापोङले सपनामा नपाएर त्यस फागु÷साकेवालुङलाई धेरै वर्षसम्म नथोक्दाए पनि दोङवाङा दोङदापामा बुढाहोङको त्यो सेतो हात्ती आई त्यसलुङको हेरचाह गथ्र्यो । तर धेरै वर्षसम्म फागुलुङ÷साकेन्वालुङलाई त्यसरी नथोक्दाएपछि सदा झैं दोङवाङा÷दोङदापामा आफै आएर हेरचाह गर्ने सेतो हात्तीले त्यस लुङलाई भाँची दिएछ । त्यसरी फागुलुङ÷साकेन्वालुङलाई सेतो हात्तीले भाँची दिएपछि पुमा खोलाको किरात पुमा पूर्खाहरु भेला भई सरसल्लाह गरी आ-आफ्नै घरमा दोङवाङा÷दोङदापा गर्न थाल्यो । र हालसम्म पनि त्यही प्रचलन कायम छ ।
३. दोङवाङा:
पुमा खोलाका किरात पुमा राईहरुको चलनअनुसार वैशाख महिनादेखि असार महिनासम्ममा गरिने सम्पूर्ण पुर्खा प्रकृति भूमि पूजालाई दोङवाङा उभौली भनिन्छ । यस दोङवाङा पूजाभित्र फागु साम्खा मंङेन गरिन्छ । त्यसमध्ये फागुलाई विशेष महत्वका साथ धुमधाम गरी मनाइन्छ र यो फागु नगरी अन्य कुनै पनि पूजा गरिँदैन गर्न हुँदैन ।
३.1.दोङवाङा फागु:
फागु वर्षको पहिलो चाड हो । यसमा ङापोङले सर्वप्रथम चराचुरुङ्गीको नाम बोलाउँदै 'ल अब वर्षा लाग्यो खोलानालामा पानी चिपचिपाउन थाल्यो चराचुरुङ्गीको स्वर फेरियो बाली लगाउने बेला भयो पानी पारिदिनु बाली लाउदैछौ बालीनाली सपि्रयोस् नयाँ पालुवाहरु पलाए हावा पानी घामबाट बचाई दिनू भन्दै दाव्य अगेना ः तीनवटा चुला भएको ठाउँ भित्रको बोब्बीलुङ मूलचुला खाइतलुङ दिमाचुला र रङालुङ प्रकृति भूमिचुला लाई क्रमशः दाहिने पट्टिबाट नयाँ पालुवा मबोलाबोक्पा÷ ङाक्सीबोक्पा भर्ला÷केराको हरियो पातको खोचली दुना बनाई बटुकोमा पानी र रख्खे खाचा चोखो जाँडपानी मिसाई त्यो पानीले थोक्दाइन्छ । त्यसरी चुला थोक्दाउदा जुन घरको फागु गरिँदैछ त्यही घरको पुर्खालाई पहिला बोलाइन्छ । त्यसरी फागु गर्दा भूमिमा अन्नबाली लगाउँदा प्रयोग भएका सम्पूर्ण हाई हतियार ः तालित किरात अस्त्र खुकुरी खुर्पा बन्चरो झम्पल बन्दुक जस्ता सबै हतियारलाई रख्खे पानीले थोक्दाउदै भाँचिन्छ टेकिन्छ चोट लगाइन्छ पाप नलागोस् चित्त नदुखाउ भन्दै पूजा गरिन्छ । त्यसपछि मूल ढोकाको शिरमा मंङछामा भित्रियोस् भन्दै थोक्दाइन्छ । र चुलाभन्दा वाहिर रहेका पूर्खाहरुलाई आँगनमा फालामरोङ गोगोसा र पानी दिइन्छ । त्यसरी फागु पूजा गरिसकेपछि ङापोङ÷सिलिहोङपा÷ सिलिहोङमाको नेतॄत्वमा सिलि टिपी घरको मूली मान्छेलाई अनिवार्य रुपमा सहभागी गराई सिलि टिपिन्छ । त्यहींदेखि दोङवाङा चाड शुरु हुन्छ । सांस्कृतिक पहिचानको दृष्टिकोणले पनि अत्यन्तै आकर्षित यो चाडको मुख्य समय भनेको चाहिँबैशाख पूर्णिमा नै हो ।
३.१. आवश्यक सामाग्रीहरुःनङवा मोबोलाबोक्वा÷ ङाक्सीतोत्ला मेरीखाङ तालित रख्खे खाचा डबकामा रख्खे खाचा पानी सोलोन्वा फालामरोङ गोगोसा भूमिमा बाली लगाउँदा प्रयोग गरिने सम्पूर्ण हतियारहरु ।
३.ख दोङवाङा साम्खा :
फागु गरिसकेपछि गरिने दोस्रो चाडलाई दोङवाङा साम्खा भनिन्छ । यसमा पनि ङापोङले फागुमा जस्तै ऋतु फेरियो चराको स्वर फेर्यो बाली लगाउने बेला भयो हामी सबैलाई सुव्यफाब्य होस् भन्दै पूजा गरिन्छ । यसको मुख्य आकर्षक विन्दू भनेको वामा पोथी लाई ढाडमा दाबिलोले हिर्काएर रगत झार्नु हो । यदि रगत झरेन भने विरामी हुने मरोमारो पर्ने अशुभ हुने खडेरी हुने लगायत घाम पानीले अन्नबालीलाई बिगार्छ भन्ने जनविश्व्ाास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यस साम्खामा पनि जुन घरको दोङवाङा साम्खा गरिदैछ त्यहीं घरको पूर्खालाई पहिले बोलाउनु पर्छ ।
३.खः१. आवश्यक सामाग्रीहरु ड्डफैक्का चार वटा ङाक्सीतोत्ला असरा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ फालामरोङ गोगोसा बेछुक वामा पोथी ।
३.ग. दोङवाङा मङेन:
दोङवाङा मङेन तेस्रो प्रकृति पूजा हो । जुन पूजामा अन्नबालीको सह होस् घाम पानी हावाबाट बचाइदिनु भन्दै वापा भाले लाई दाबिलोले हिर्काई पुर्खा÷प्रकृति पूजा गरिन्छ । त्यसरी हिर्काउँदा रगत नझरेमा अन्नबालीको सह नहुने नफल्ने खडेरी पर्छ भन्ने जनविश्व्ाास छ । यो पूजा गर्दा पुमा खोलाको किराती राईहरुले सामेत संवोधक नाम पाएको ठाउँ लुत्छुबुलुम बुक्टोङमा मुन्दुमले ङापोङ पुग्नै पर्छ । यो पूजा गर्दा बाहिर आँगनमा प्रकृति भूमि पूर्खा सम्बन्धीका विभिन्न सिलि नाचिन्छ । साथै ढोल झ्याम्टा हुने घरको यो मंङेनको समाप्ती सँगसँगै त्यस ढोल झ्याम्टालाई एक वर्षको लागि थन्काइन्छ । यस मंङेनको मुख्य विशेषता भनेको यो पूजा गर्दा दाबिलोले मस्काएर चाखाङ खानुपर्छ साथै त्यस भालेको हड्डीखुड्डी बाहिर फाल्नु पनि हुँदैन फाल्टो जातिलाई खान दिन पनि हुँदैन र त्यसदिन कसैलाई केहीं पनि दिन हुँदैन ।
३.गः१. आवश्यक सामाग्रीहरुःड्डमोबोलाबोक्वा सोलोन्वा बेछुक बेरुछा डाविलो वापा ।
४. दोङदापा:
किरात पुमा राईहरुको रितअनुसार भदौ महिनादेखि फागुन महिनासम्म गरिने सम्पूर्ण पितृ प्रकृति भूमि पूजालाई दोङदापा भनिन्छ । यस दोङदापा पूजाभित्र न्वाङ्गी साम्खा लेवातुप्खा र मंङेन पर्दछ । त्यसमध्ये न्वाङगीलाई मुख्य रुपमा लिइन्छ । र न्वाङगी नगरी अरु कुनै पनि पूजा गर्न हुँदैन गरिँदैन ।
४.1. दोङदापा न्वाङगी:
दोङदापा पूजा मध्ये प्रथम र मुख्य रुपमा मानिने यस पूजामा ङापोङले पूर्खाहरुलाई बोलाउँदै ूल अब हिउँद लाग्यो खोलाको पानी सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो अन्नको सह देउ यो पाकेको बाली पहिला चढाउँदैछौ अब पाकेको बाली उठाउँदैछौं हावा पानी आगोबाट बचाइदिनू भन्दै नयाँ अदुवाको बोट नयाँ धानको बोट लगायत तयार पारिएको सम्पूर्ण नयाँ बाली चढाइन्छ । भूमिमा बाली लगाउँदा प्रयोग भएका कोदालो खुर्पा झ्यम्पल खुकुरी खुंडा बन्दुक तालितलगायत सम्पूर्ण हतियारलाई एउटा कुनामा राखी नयाँ बाली चढाइन्छ । त्यसरी पाकेको बाली चढाई सकेपछि बाँकी न्वाङगी बालीको बोटलाई मूल ढोकाको शिरमा राखिन्छ र नयाँ अदुवा अनिवार्य रुपमा खाई यो न्वाङगी सम्पन्न गरिन्छ । यस न्वाङ्गीको मुख्य विशेषता भनेको यो न्वाङ्गी नगरी अरु कुनै पनि पित्री भूमि प्रकृति पूजा गर्नु हुँदैन गरिँदैन ।
४.१. आवश्यक सामाग्रीहरुड्डरख्खे खाचा गोगोसा असारा मटिया आक्का आठ वटा ङाक्सीतोत्ला अक्माना चारुङ फालामरोङ नङ्वा बेछुकप्वाँ नङ्वा चाहाक्वाप्वाँ पुरानो धानको फ्यान्कुक्वा मेरीखाङ असारा सोलोन्वा अक्ता नाङलोङ अक्ता चाल्नोङ
४. दोङदापा साम्खा:
दोङदापा न्वाङगी गरिसकेपछि गरिने दोस्रो पर्वलाई साम्खा भनिन्छ । यसमा पनि ऋतु फेरियो हिउँद लाग्यो खोलानाला सुक्न थाल्यो वर्षामा लगाएको बाली पाक्यो न्वाङगीमा चढाइसक्यौं अब सुखशान्ति दिनू सुव्यवस्था होस् भनेर वामालाई दाविलोले हिर्काएर रगत झारिन्छ । यदि रगत नआएमा अशुभ हुन्छ मरौ मारौ हुन्छ विरामी भइन्छ भन्ने विश्वास भएकोले पुनः चोख्याउने साम्खा गरिन्छ । यसको प्रमुख विशेषता भनेको वामा मार्नुभन्दा अगाडि एकपल्ट र वामा मारिसकेपछि त्यसको हुमोङसा चढाउँदै फेरि अर्कोपल्ट गरी दुईपल्ट पुर्खाहरुको नाम बोलाउनु हो ।
४.खः१ .आवश्यक सामाग्रीहरुड्डफैक्का चारवटा ङाक्सीतोत्ला असारा सोलोन्वा छाप्मादिदिन अक्माना चारुङ गोगोसा बेछुक वामा ।
४.ग. दोङदापा लेवा÷तुप्खु:
दोङदापा समयमा पाकेको सम्पूर्ण अन्नबाली घरमा भियाउँदा टेकिन्छ भाँचिन्छ काटिन्छ चोइटाइन्छ छरिन्छ । अन्नबालीको चित्त नदुखोस् सह एकै ठाउँमा रहोस् भनेर घरको टाँडको कुनामा मोङछामा राखिने ठाउँमा कोदोको बालालाई थुपारेर चल्लाले भोक दिई पूजा गरिन्छ । ४।गः१। आवश्यक सामाग्रीहरुड्डमोब्लाबोक्वा बेरुछा बेछुक सापाचाबाला रख्खे खाचा वाच्छकेलेक सोलोन्वा मेरीखाँङ ङासा ।
४.घ. दोङदापा मङेन:
दोङदापा मङेन गर्दा पाकेको बालीलाई घरमा भियाउँदा टेकिन्छ कुल्चिन्छ छरिन्छ चोट लगाइने भएकोले मोङछामाको चित्त नदुखोस् भनी छरिएको अन्नबालीको एकै ठाउँमा सह रहोस् भन्दै वापालाई दाबिलोले ढाँडमा हिर्काएर भोग दिई मोङेन गरिन्छ । यो मङेन गरेको दिन कोदोको चाखांङ दाविलोले मस्काएर खाइन्छ । यसको मुख्य विशेषता भनेको त्यस वापाको मासुको हड्डीखुड्डी बाहिर फाल्नु हुँदैन अजात मान्छेलाई खान दिन पनि हुँदैन र त्यस दिन कसैलाई केही पनि दिनु हुँदैन ।
४.घः१. आवश्यक सामग्रीहरुड्डमोबोलाबोक्वा सोलोन्वा बेछुक बेरुछा दाविलो वापा । यसरी पुमाखोलाका किरात पुमा राईहरुले दोङवाङामा फागु साम्खा र मङेन अनि दोङदापामा न्वाङगी साम्खा लेवातुप्खु र मङेन गरी दोङवाङा र दोङदापा मनाउने चलन छ । त्यसको अलावा बुढाहोङको सेतो हात्तीले पुमाखोलाको साकेन्वालुङ÷फागुलुङ भाँचिदिएपछि सबै पुर्खाहरु भेला भई आ-आफ्नो घरमा दोङवाङा र दोङदापा मनाउँदै आएका यी पुमा राईहरुले खोटाङ जिल्लाको चिसापानी ७ पाथीभाराको शिरमा अवस्थित जन्ते ढुंगालाई बैशाखे पूर्णिमाको दिन र मंसिरे पूर्णिमाको दिन किरात पुमा राई मुन्दुमअनुसार पूजा गरी लिङ्गो फेर्ने गर्दछन् र सो दिन सो स्थानमा भव्य मेला लाग